महाबीर क्ल्ब हेटौंडा महागढिमाइ कपको फाइनलमा

|
महाबीर क्ल्ब हेटौंडा महागढिमाइ कपको फाइनलमा

बारामा जारी महागढिमाई कप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा महाबीर क्ल्ब हेटौंडाले बिरगंज युवा च्याम्सलाई ३३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको हेटौंडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १३६ रनको योगफल तयार पारेको थियो । हेटौंडाका लागि सन्तोष उपाध्यायले १७ तथा सुबर्ण भट्टले १९ रन बनाए ।
बलिङतर्फ विरगंजको लागि व्यास यादवले ४ ओभरमा ३७ रन खर्चँदै ३ विकेट लिए भने निराजन पटेलको नाममा २ विकेट रह्यो ।

१२७ को लक्ष्य पच्छ्याएको बिरगंजले पूरा २० ओभर खेल्दै सम्पूर्ण १० विकेट गुमाइ मात्र ९३ रन बनाएको थियो । बिरगंज का लागि एलियास मन्सुरीले ४४ बल मा ३५ र सोनु अन्सारीले २१ बल मा १८ रनयो योगदान दिए ।

हेटौंडाका लागि सुबर्ण भट्टले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट, बिपुल खनालले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

खेल को म्यान अफ द म्याच बिपुल खनाल घोषित भए ।

भोलि दोश्रो सेमिफाइनल नेक्सस क्रीकेट एकेडेमी काठमाडौ र युनाइटेड क्रीकेट क्ल्ब बिरगंज का बिच हुनेछ ।