कप्तान पारसको अर्धशतकमा मलेसिया ७ विकेटले पराजित

|
कप्तान पारसको अर्धशतकमा मलेसिया ७ विकेटले पराजित

 

Malaysia vs Nepal - Full Scorecard

मलेसिया विरुद्धको दुई टी२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले ७ विकेटको विजय हासिल गरेको छ । मलेसियालाई ७ वकेटले पराजित गर्दै नेपालले सिरिजमा १-० को अग्रता लिएको छ । सिरिजको दोस्रो खेल भोलि आइतबार खेलिने छ ।

आफ्नो घरेलु मैदानमा टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पारेको थियो । उसका लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै  कप्तान एहमद फैजले ४५ रनको पारी खेले । नेपालका लागि करण केसीले ४ ओभरमा २७ रन खर्चंदै ३ विकेट लिए । सन्दीप लामिछाने तथा वसन्त रेग्मीले समान २र२ विकेट लिंदा सोमपाल कामीले १ विकेट हात पारे ।

१२९ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि ओपनर प्रदीप ऐरी र पारस खड्काले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरे । प्रदीप १७ बलमा ८ रन बनाएर आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । प्रदीप पश्चात् उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।

अर्को इन्डमा कप्तान पारस जमिरहेका थिए ।  पारसले त्यसपछि शरद भेषवाकरसंग अविजित ६१ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । पारसले ५० बलमो सामना गर्दै ८६ रनको शानदार पारी खेले जसमा ८ चौका र ५ छक्का सामेल थियो । शरद १ छक्काका साथ १६ रनमा अविजित रहे ।

 

Match Summary :
Nepal 129/3 (Paras Khadka 86*, Sharad Vesawkar 16*, Anwar Rahman 2-20)
beat
Malaysia 128/9 (Virandeep 57, Faiz 45, Karan KC 3-27)
by 7 wickets