यु-१९ एसिया कप : नेपाल बंगलादेशसंग पराजित, समुह चरणबाट बाहिरियो

|
यु-१९ एसिया कप : नेपाल बंगलादेशसंग पराजित, समुह चरणबाट बाहिरियो

Nepal U19 vs Bangladesh U19 - Full Scorecard

श्रीलंकामा जारी यु १९ एसिया कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । पहिलो खेलमा श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । यस हारसँगै नेपालको यु १९ एसिया कपको यात्रा समूह चरणमै सीमित भएको छ ।

कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रनको योगफल तयार पारेको थियो । नेपालको तर्फबाट ओपनर पवन शर्राफले १०९ बलमा ८१ रनको पारी खलेका थिए । पवनले ८ चौका र १ छक्का प्रहार गरे । यसैगरी सन्दीप जोराले ३७ बलमा ५६ रन बनाए जसमा ३ चौका र ३ छक्का सामिल थियो । अर्का ओपनर रित गौतमले ३२ रन बनाउँदा कुशल मल्लले २८ तथा भीम सार्कीले २१ रन बनाए ।

बंगलादेशका लागि हसन सकिब तथा शाहिन आलमले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको बंगलादेशको पहिलो दुई विकेट सस्तैमा झरे तापनि बंगलादेशले ४९.२ ओभरमा विजयी लक्ष्य हासिल गर्यो । बंगलादेशका लागि अकबर अलीले अविजित ९८ रनको शानदार पारी खेले । अलीले १४ चौका प्रहार गरे । यसैगरी ताउहिद रिदोयले ६० रन बनाए भने महमुदुल हसनले ४० रन बनाउँदा शमिम हुसैन ४२ रनमा नटआउट रहे ।

नेपालको तर्फबाट कमल सिंह ऐरीले २ विकेट लिए भने राशिद खान तथा हरिबहादुर चौहानले समान १/१ विकेट हात पारे । 

यससँगै यु १९ एसिया कपको सेमिफाइनलमा बंगलादेश, श्रीलंका, भारत तथा अफघानिस्तानले आफ्नो स्थान सुरक्षित पारेका छन् ।