मलेसियालाई ६ रनले हराउँदै नेपालद्वारा सिरिज कब्जा

|
मलेसियालाई ६ रनले हराउँदै नेपालद्वारा सिरिज कब्जा

 

Malaysia vs Nepal - 2nd T20I Full Scorecard

मलेसिया विरुद्धको दोस्रो तथा अन्तिम टी २० खेलमा ६ रनको रोमाञ्चक जित हात पार्दै नेपालले सिरिजमा कब्जा जमाएको छ । यसअघि पहिलो खेलमा नेपाल ७ विकेट विजयी भएको थियो ।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ५१ रनको यागदान दिए । विनोदले मात्र २५ बलको सामना गर्दै ३ चौका र ५ कक्का प्रहार गरे । 

यस्तै शरद भेषवाकरले २८ बलमा ४० रनको महत्वपूर्ण पारी खेले । शरदले ४ चौका र २ छक्का प्रहार गरे । पहिलो खेलका नायक कप्तान पारस खड्काले १९ बलमा २३ रन बनाए जसमा २ चौका र २ छक्का सामेल थियो । मलेसियाका लागि फित्री शामले २६ रन खर्चँदै ३ विकेट लिए ।

१७४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले उत्कृष्ट शुरुवात गर्यो । ओपनर सयद अजिज र भिरनदिप सिंहले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरे । अविनाश बोहोराले भिरनदिप सिंहको विकेट लिएसँगै मलेसियाको विकेट पतनको क्रम शुरु भयो । त्यस लगत्तै अर्का ओपनर सयद अजिजलाई सोमपालले ललित राजवंशीको हातबाट क्याच आउट गराए । अजिजले ३७ बलमा ५० रन बनाए भने भिरनदिपले २३ बलमा २३ रनको पारी खेले ।

नेपालका लागि सन्दीप लामिछाने तथा सोमपाल कामीले समान २/२ विकेट लिँदा करण केसी, अविनाश बोहोरा र पारस खड्काले १/१ विकेट लिए । टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक बनाएका विनोद भण्डारीलाई म्यान अफ द म्याच घोषित गरियो ।

 

Match Summary :
Nepal 173/6 (Binod Bhandari 51, Sharad Vesawkar 40, Fitri Sham 3-26)
beat
Malaysia 167/7 (Syed Aziz 50, Sompal Kami 2-25, Sandeep Lamichhane 2-38)
by 6 runs