श्रीलंकामा पहिलाे मैत्रीपूर्ण खेल नेक्सस ५६ रन ले पराजित

|
श्रीलंकामा पहिलाे मैत्रीपूर्ण खेल नेक्सस ५६ रन ले पराजित

नेगम्बाे श्रीलंका, बासुलिका क्रिकेट एकेडेमी श्रीलंका काे निमन्त्रणामा श्रीलंका - नेपाल बाईलेटरल सिरिज खेल्न श्रीलंका पुगेकाे नेक्सस क्रिकेट एकेडेमी एन सि ए काे टिमले आज खेलेकाे पहिलाे मैत्रीपूर्ण खेल सेन्ट सेबस्टेन्स स्कुल तथा क्रिकेट एकेडेमी संग ५६ रन ले पराजय भाेगेकाे छ ।

बासुलिका क्रिकेट एकेडेमी संग ५० ओभरकाे ३ दिने श्रीलंका - नेपाल बाईलेटरल सिरिज खेल्नु अघि एन सि ए ले श्रीलंका का बिभिन्न प्रतिष्ठित स्कुल तथा एकेडेमी हरू संग ४ मैत्रीपूर्ण खेल हरू खेल्ने छ ।

साेमबार सम्पन्न खेलमा टस जितेर ब्याटिङ मा उत्रेकाे सेन्ट सेबस्टेन्स ले निर्धारित ३५ ओभरमा ३४.३ ओभरमा सबै बिकेट गुमाउदै २१७  रन बनाएकाे थियाे । सेन्ट का ब्याट्सम्यान दुलाजले ७७ रन, सेनुराले ३४ र सेभाेन ले २६ रन बनाएका थिए ।

बलिङतर्फ एन सि ए का हरिश केसी ले ३ बिकेट, सार्थक न्याैपाने र अभिशेक कुवर ले समान २/२ बिकेट लिए भने रमेश बुढा, सुमित बुढाथोकी र एहसान शेखले समान १/१ बिकेट लिएका थिए ।

२१८ रनकाे लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेकाे एन सि ए ले ३०.१ ओभरमा १० बिकेट गुमाउदै १६१ रन मात्र बनाउदा ५६ रनले खेल गुमाएकाे थियाे । एन सि ए का ब्याट्सम्यान कप्तान उत्तम थापा मगर ले ४८ रन, रमेश बुढाले २५ रन, अबिशेक बुढाथोकी १५ रन, अभिशेक कुवर १६, राेचक यादब १२, इन्द्र देउबा ९ रन, राेशन शाह ८ रन, हरिश केसी ७ रन, सुमित बुढाथोकी ६, रन, हिमाल न्याैपाने ले ५ रन र एहसान शेखले ५ रा बनाएका थिए ।

बलिङतर्फ सेन्ट सेबस्टेन्स का सुतुम ले ४ बिकेट, सम्पथले ३ र सुनेराले २ बिकेट लिएका थिए ।