दुई देशिय एकेडेमी स्तरीय यु १९ क्रिकेट सिरिज: नेक्सस काे बिजयी शुरूवात

|
दुई देशिय एकेडेमी स्तरीय यु १९ क्रिकेट सिरिज: नेक्सस काे बिजयी शुरूवात

आशिष नेहरा क्रिकेट एकेडेमी दिल्ली र नेक्सस क्रिकेट एकेडेमी नेपाल बीच आज मंगलबार बाट संचालित दुई देशिय एकेडेमी सिरिजकाे पहिलाे खेल १९ रन ले आशिष नेहरा क्रिकेट एकेडेमी लाई हराउदै नेक्ससले बिजयी यात्रा शुरू गरेकाे छ ।

टस जितेर ब्याटिङ मा उत्रेकाे नेक्सस का ब्याटस म्यान हरूकाे खराब प्रदर्शन का कारण निर्धारित ५० ओभरमा २५.५ ओभरमा खेल्दै आफ्ना सबै बिकेट गुमाएर ११३ रन काे झिनाे स्काेर बनाएकाे थियाे । नेक्ससका ब्याट्सम्यान अमृत थापाले ३३, सन्देश पाण्डे ले २१ र अनुराग सिहले ११ रनकाे याेगदान गरेका थिए । अन्य ब्याट्सम्यान ले दाेहाराे अंक बनाउन सकेनन् ।

बलिङतर्फ आशिष नेहरा क्रिकेट एकेडेमीका लक्ष्य रावले ५ बिकेट लिएका थिए भने पवन चतुर्बेदी ले २ र अख्चर आलमले १ बिकेट लिएका थिए ।

नेक्सस का बलर हरू चम्किदा जवाफी ब्याटिङमा उत्रकाे आशिष नेहेरा क्रिकेट एकेडेमी ले २५.३ ओभरमा सम्पूर्ण बिकेट गुमाउदै ९४ रनमै समेटिए पछि नेक्सस १९ रन ले बिजयी भएकाे हाे । आशिष नेहरा का ब्याट्सम्यान राेहित यादब ले १७, दिप्यान्दु सिहले १४ र सागर मुल्मीलेे ११ रन बनाएका थिए ।

बलिङतर्फ नेक्ससका सन्देश पाण्डेले ले ४ बिकेट लिदा समिर बिष्ट र रमेश बुढाले समान २/२ बिकेट लिन सफल भए भने अनुराग सिंह र राज बमले समान १/१ बिकेट लिएका थिए । खेलकाे म्यान अफ द म्याच सन्देस पाण्डे घाेषित भए ।