नेक्सस क्रिकेट एकेडेमी १२४ रनले बिजयी

|
नेक्सस क्रिकेट एकेडेमी १२४ रनले बिजयी

ब्याट्रिक क्रिकेट एकेडेमीको सेन्चुरीयन क्रिकेट मैदान नाेएडा भारतमा मंगलबार देखी जारी दुई देशिय एकेडेमी स्तरीय सिरिजकाे दाेस्राे दिनकाे खेल आशिष नेहेरा क्रिकेट एकेडेमी दिल्ली लाई १२४ रनले पराजित गर्दै नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल बिजयी यात्रा जारी राखेकाे छ ।

नेक्सस क्रिकेट एकेडेमीका अमृत थापाले बिस्पाेटक ब्याटिङ गरेपछि नेक्ससले उच्च स्काेर बनाएकाे थियाे ।

टस जितेर ब्याटिङ मा उत्रकाे टिम नेक्ससले निर्धारित ५० ओभरमा ५ बिकेट गुमाउदै ३२७ रन बनाएकाे थियाे । नेक्सस का ब्याट्सम्यान अमृत थापा ले ८९ बल मा ३ छक्का र १५ चाैका प्रहार गर्दै १२० रन नटआउट पारी खेलेका भिए भने समिर बिष्टले ३४ बलमा ३ चाैका काे मद्दतले ४४ रन नटआउट खेलेका थिए । त्यसै गरि अनुराग सिंह ले ४० रन बनाउदा अभय उपाध्यायले ३८ रन काे याेगदान गरेका थिए ।

बलिङतर्फ आशिष नेहरा क्रिकेट एकेडेमीका लक्ष्य ले ४ बिकेट लिएका थिए भने ईर्फान खान ले १ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेकाे आशिष नेहरा क्रिकेट एकेडेमीले ४७.४ ओभरमा १० बिकेट गुमाउदै २०४ रन बनाएकाे थियाे । आशिष नेहराका ब्याट्सम्यान दिप्तांशु ४५, राहन र बिभाेर ले समान ३५/३५ रन बनाएका थिए भने साेनु ले १६ रन बनाएका थिए ।

बलिङतर्फ नेक्ससका सन्देश पाण्डे ले आज पनि १० ओभरमा मा ३२ रन खर्चिदै ४ बिकेट लिन सफल भएका थिए भने रमेश बुढाले ३ र राज बमले १ बिकेट लिएका थिए । खेलकाे म्यान अफ द म्याच अमृत थापा घाेषित भए ।

नेक्सस - २ र आशिष नेहरा ० काे अबस्थामा रहेकाे छ । ५ दिन वान डे फर्म्याट मा सिरिज सम्पन्न गरिने छ ।