अनुराग सिंहको विस्फोटक शतकमा नेक्सस १७१ रन ले बिजयी

|
अनुराग सिंहको विस्फोटक शतकमा नेक्सस १७१ रन ले बिजयी

भारतकाे नाेएडा स्थित सेन्चुरियन क्रिकेट मैदानमा भैरहेकाे दुई देशिय एकेडेमी स्तरीय क्रिकेट सिरिजकाे तेस्राे दिन नेक्सस क्रिकेट एकेडेमीका ओपनर ब्याट्सम्यान अनुराग सिंहले ११८ बलमा ३ छक्का र २२ चाैका प्रहार गर्दै १४७ रनकाे उत्कृष्ट पारी खेल्दा नेक्सस क्रिकेट एकेडेमी ले आशिष नेहरा क्रिकेट एकेडेमी दिल्ली लाई १७१ रनले पराजित गरेकाे छ ।

टस जितेर पहिलाे ब्याटिङ गरेकाे नेक्ससले निर्धारित ५० ओभर खेल्दै ९ बिकेटकाे क्षेतिमा ३०७ रन बनाएकाे थियाे । ब्याट्सम्यान बिपीन बिक्रम शाहीले ६८ रन बनाउदा समिर बिष्ट र रमेश बुढाले समान १३/१३ रन बनाएका थिए भने राज बमले १० रन बनाए ।

बलिङतर्फ आशिष नेहरा का पवनले ३बिकेट, सिद्दार्थ ले २ बिकेट र लक्ष्यले १ बिकेट लिईएका थिए ।

जवाफी ब्याटिङमा उत्रेकाे आशिष नेहरा क्रिकेट एकेडेमीले निर्धारित ५० ओभरमा ३८.५ ओभर खेल्दै १० बिकेट गुमाएर १३६ रन मै समेटिए पछि ठुलाे अन्तरले हार ब्यहाेरेकाे हाे । ब्याट्सम्यान हरू तनिस ले ३८, मेघबेन्द्रले २७ र राेहितले २३ रन बनाएका थिए ।

बलिङतर्फ नेक्ससका सन्देश पाण्डे, अनुराग सिंह, राज बम र अभय उपाध्यायले समान २/२ बिकेट लिएका थिए भने समिर बिष्ट र राेबिन क्षेत्रीले समान १/१ बिकेट लिए । खेल का म्यान अफ दि म्याच अनुराग सिंह घाेषित भए ।

 

नेक्सस ३ - ० आशिष नेहरा