एकेडेमी क्रिकेट लिग : रामारोशन र स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज बिजयी

|
एकेडेमी क्रिकेट लिग : रामारोशन र स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज बिजयी

काठमाण्डौको मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तरगत मंगलबार सम्पन्न खेलमा हिमालयन क्रिकेट एकेडेमी लाई रामारोशन क्रिकेट एकेडेमीले २ बिकेटले पराजित गरेको छ भने ज्ञान ज्योती क्रिकेट एकेडेमी दाङ लाई स्वतन्त्र यूवा क्रिकेट एकेडेमी बिरगंज ले ६रनले पराजित गरेको छ ।

मंगलबार सम्पन्न पहिलो खेलमा रामारोशनले टस जितेर फिल्डिङ रोज्दै हिमालय लाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १४ ओभरमा हिमालयले १० बिकेट गुमाउदै ८३ रन बनाएको थियो । हिमालयका रिजन थापाले २३ रन र सुरज श्रेष्ठले १३ रन बनाएका थिए ।

बलिङ तर्फ रामारोशनका सुनिल लोथयालले ३ ओभरमा १७ रन खर्चिदै ३ बिकेट लिएका थिए भने बिक्रम थापाले २ बिकेट, दिनेश अधिकारी र सुबोध ऐरले समान १÷१ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको रामारोशनले १३.१ ओभरमा ८ बिकेट गुमाउदै ८४ रन बनाउदा खेल २ बिकेटले बिजयी भएको थियो । रामारोशनका ब्याट्स म्यान दिनेश अधिकारीले २१ रन र बिबेक के सी ले २० रन बनाएका थिए ।

बलिङ तर्फ हिमालयका संदिप खड्काले ३ बिकेट लिए भने दिपेन्द्र ऐरी र रिजन थापाले समान २÷२ वीकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच रामारोशनका सुनिल लोथयाल घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

दोस्रो खेल स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज बिजयी

मंगलबारै सम्पन्न दोस्रो खेलमा टस जितेर स्वतन्त्र युवा ले ब्याटिङ रोज्दै १९ ओभरमा सम्पुर्ण बिकेट गुमाएर १०० रन बनाएको थियो । स्वतन्त्रका ब्याट्सम्यान सैफ अलि हवारीले २० रन, सन्तोष कार्की र एम डि सोनु अन्सारीले समान १७÷१७ रन बनाएका थिए ।

बलिङ तर्फ ज्ञान ज्योतीका रजनिश यादवले ३ बिकेट लिए भने सिवन पुन, सोहन यादव र डब्लु मल्लीकले समान २÷२ वीकेट लिएका थिए । १०१ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको ज्ञान ज्योतीले १९.४ ओभरमा सम्पुर्ण बिकेट गुमाउदै ९४ रन बनाउदा ६ रनले खेल गुमाएको थियो र ज्ञान ज्योतीका सिवान पुनले २६ रन र भुवन गैरेले २२ रन बनाएका थिए ।

बलिङ तर्फ स्वतन्त्रका राशिद खानले ४ ओभरमा १३ रन दिदै ३ बिकेट र रुपेश सिंहले ४ ओभरमा १५ रन दिदै ३ बिकेटलिएका थिए भने अफजल मन्सुरीले २ बिकेट लिएका थिए ।

खेलमा म्यान अफ दि म्याच स्वतन्त्रका राशिद खान घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।