टि २० विश्वकप छनौट : कतारसँग नेपाल पराजित

|
टि २० विश्वकप छनौट : कतारसँग नेपाल पराजित

 

Nepal vs Qatar - Full Scorecard

टि २० विश्वकप एसिया छनौट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । यस हार पश्चात् नेपाललाई बाँकी खेलमा ठूलो अन्तरले जित निकाल्नु पर्ने भएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । ओपनर पारस खड्का तथा ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । यो साझेदारी टि २० अन्तर्राष्ट्रियमा नेपालको लागि सर्वाधिक ओपनिंग साझेदारी पनि हो । पारसले २८ रन बनाए भने ज्ञानेन्द्रले २३ रनको पारी खेले ।

१२३ रनको विजयी लक्ष्य पछ्याएको कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो । कतारका लागि इनाम उल हकले ३२ बलमा ४१ रन बनाए । यस्तै कमरान खानले १५ बलमा २२ रन बनाए । नेपालको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिन ३३ रन खर्चिए । सोमपाल कामीले पहिलो ओभरमा १३ दिए जस पश्चात् उनले बलिंग नै गरेनन् ।

 

Match Summary :
Qatar 124/6 in 19.2 overs (Inam-ul-Haq 41, Kamran Khan 22, Sandeep Lamichhane 3/33)
beat
Nepal 122 (Dipendra Singh Airee 34, Paras Khadka 28, Gyanendra Malla 23, I Hussain 3/21)
by 4 wickets.