युएई विरुद्ध नेपाललाई सान्त्वना जित

|
युएई विरुद्ध नेपाललाई सान्त्वना जित

Photo : Raman Shiwakoti

Nepal U19 vs UAE U19 - Full Scorecard

श्रीलंकामा जारी यु १९ एसिया कप अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले युएईलाई १६० रनको भारी अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित समेत हो ।

युएईले टस जितेर नेपाललाई ब्याटिगंको निम्तो दिएको थियो । दुवै ओपनर रित गौतम तथा पवन शर्राफ शुन्य रनमा पवेलियन फर्केका थिए । आशिफ शेखले कप्तान रोहित कुमार पौडेलसँग मिलेर नेपाली पारी सम्हाले । आशिफले ५३ बलमा ४५ रन बनाए भने रोहितले ८४ बलको सामना गर्दै ६७ रनको योगदान दिए ।

सन्दीप जोराले ५३ बलमा ४८ रन बनाए जसमा ६ चौका सामेल थियो । राशिद खानले ४४ रन बनाए भने कमल सिंह ऐरीले २६ बलमा ४१ रनको तुफानी पारी खेल्दै नेपाली पारीलाई ठूलो योगफल तिर डोर्याए ।

२८६ रनको विजयी लक्ष्य पछ्याएको युएई ३४.४ ओभरमा १२५ रनमा समेटियो । युएईको लागि अरबिन्दले सर्वाधिक २८ रन बनाए । नेपालको तर्फबाट स्पिनर सागर ढकालले ३ विकेट लिँदा राशिद खान, सुर्य तामागं तथा पवन शर्राफले समान २/२ विकेट लिए । कमल सिंह ऐरीको नाममा १ विकेट रह्यो ।

यसअधि नेपाल पहिलो खेलमा श्रीलंकासँग  ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशले ६ विकेटले पराजित गरेको थियो । जारी प्रतियोगिताको सेमिफाइनलमा बंगलादेश, श्रीलंका, भारत तथा अफघानिस्तानले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

 

यो पनि पढ्नुहोस्  : 

यु-१९ एसिया कप : नेपाल बंगलादेशसंग पराजित, समुह चरणबाट बाहिरियो

नेपालद्वारा युएई सामू २८६ रनको लक्ष्य प्रस्तुत